नियम २६
लिलाम बिक्री सदर गर्ने अधिकारी
(१). डिभिजन वन कार्यालयबाट बिक्री हुने वन पैदावारको लिलाम बिक्री सदर गर्ने अधिकार देहाय बमोजिमको अधिकारीलाई हुनेखछ:-

(क) पच्चीस लाख रुपैयाँसम्म सकार मूल्य रहेको लिलाम बिक्री स्वीकृत गर्ने अधिकार डिभिजनल वन अधिकृतलाई,

(ख) पच्चीस लाख - रुपैयाँ भन्दा बढी सकार मूल्य रहेको लिलाम बिक्री स्वीकृत गर्ने अधिकार महानिर्देशकलाई ।

(२) सामुदायिक; वन उपभोक्ता समूहबाट हुने वन पैदावारको लिलाम बिक्री सदर गर्ने अधिकार त्यस्तो उपभोक्ता समूहको कार्यसमितिलाई हुनेछ।

(३) साझेदारी वन उपभोक्ता समूहबाट हुने वन पैदावारको लिलाम बिक्री सदर गर्ने अधिकार साझेदारी वन व्यवस्थापन समितिलाई हुनेछ।